काठमाडौं, २० असार । साना तथा मझौला उद्योगहरुलाई प्रर्वद्धन गर्नका लागी सिद्धार्थ बैङक र यूकेऐड सक्षम एक्सेस टु फाइनान्सबीच सम्झौता भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा दुई फाइनान्स बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सिद्धार्थ बैङका प्रमुख कार्यकारी निर्देशक शम्भुनाथ गौतमले नेपालको प्रक्षपर्णमा साना तथा मझौला उद्योग निकै मह्त्वपूर्ण रहेको कारण यसक्षेत्रको विकासलाई मुख्य प्राथमीकतामा राखेर यो सम्झौता गरेको बताउँनु भएको छ ।
लघु तथा साना उद्योगहरुको प्रर्वद्धन तथा वित्तिय पहुचँको विस्तार गर्न सिद्धार्थ बैङले हाल सम्म १ सय ५६ शाखा विस्तार गरिसकेको छ । यस सम्झौता बाट प्रवीधीमा मुख्य लगानी गरेर सरल कर्जा प्रणालीको विकास गर्ने प्रतिबधता जनाएको छ ।