प्रकाश दाहालको योगदान अभुतपूर्व : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

प्रकाश दाहालको योगदान अभुतपूर्व : प्रचण्ड

छोटो अवधिमा पनि पूर्ण जीवनको अनुभव लिएकाे भनाइ

काठमाडौं, १७ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अल्पायुमा नै निधन भएपनि छोरा प्रकाश दाहालको योगदान अभुतपूर्व रहेको बताउनुभएको छ ।

३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा नेकपाका अध्यक्ष एवं पिता प्रचण्डले प्रकाशको योगदानलाई स्मरण गर्नुभएको हो ।

उहाँले ३६ बर्षको छोटो उमेरमानै आकस्मिक निधनले हुँदा परिवार, पार्टी र सिंगो देश नै स्तब्ध भएपनि छोटो समयअवधिमा पनि प्रकाश दाहालले दिएको योगदान अभूतपूर्व रहेको टिप्पणी गर्नुभयो ।

उहाँले युद्ध र शान्ति प्रक्रियालाई धेरै नजिकबाट बुझ्ने मौका पाएका प्रकाशले जीवनका सबै तितामिठा अनुभवहरु बटुलेकाले छोटो अवधिमा पनि पूर्ण जीवनको अनुभव लिएको बताउनुभयो ।

कार्यक्रममा खानेपानी मन्त्री विना मगरले सगरमाथासंग जोडिएका कथा व्यथा खोतल्ने काम प्रतिष्ठानले गर्नुको साथै पर्वतारोहणमा महत्वपुर्ण भूमिका निर्वाह गरेका पात्रहरुलाई सम्मान गर्नका लागि ३८ औं जन्मजयन्तीको कार्यक्रम गरिएको बताउनुभयो ।

उहाँले श्रीमान् प्रकाश दाहालको राजनीतिक योगदान र शाहसिक चरित्रको पनि स्मरण गर्नुभएको थियो । कार्यक्रममा सगरमाथा आरोहणसंग सम्बन्धीत व्यक्तित्वहरुलाई साहसिक सगरमाथा सम्मानबाट सम्मानित गरिएको थियो ।

आरोहीहरु छिरिङ थुन्दु शेर्पा, माया शेर्पा, कोरियन नागरिक युम होङ गिल र नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्र कुमार श्रेष्ठलाई सम्मान गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);