विगतमा संसदीय व्यवस्थालाई धरापमा पार्ने तत्वहरुबाट सचेत रहन सभामुखको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

विगतमा संसदीय व्यवस्थालाई धरापमा पार्ने तत्वहरुबाट सचेत रहन सभामुखको आग्रह

krishna bahadur mahara

काठमाडौं, १६ असार । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय व्यवस्थालाई विगतमा धरापमा पार्ने तत्वहरुबाट सचेत रहन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ । सभामुख महराले विगतमा संसदीय व्यवस्था गुमाउनु परेको क्षणको स्मरण गराउँदै अव त्यसो हुन नदिन सबै राजनीतिक दलहरुलाई सचेत गराउनु भएको हो ।

६१ औं संसद दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसदीय अभ्यासलाई बलियो बनाउने काममा केन्द्रित हुन जरुरी रहेको पनि बताउनु भयो ।

सभामुख महराले दलहरु भित्रको अन्तरविरोध चर्काएर खेल्ने तत्वहरुबाट जोगिन पनि राजनीतिक दलहरुको ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा बोल्दै पूर्व सभामुख तानानाथ रानाभाटले पूर्व सांसदहरुको सुझाव लिएर मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन सरकारलाई सुझाव दिनु भयो । उहाँले राष्ट्रिय एकता, सामाजिक सदभावका साथ मुलुकलाई अघि बढाउन पनि सरकार गम्भिर भएर लाग्नुपर्ने बताउनु भयो ।पूर्व सभामुख रानाभाटले दलहरुको बलियो एकताबाट मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पार्नु भयो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);