खानेपानी मन्त्रालयको खर्च कटौतिका लागि संशोधन प्रस्ताव पेश | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८१, आइतबार

खानेपानी मन्त्रालयको खर्च कटौतिका लागि संशोधन प्रस्ताव पेश

anita devkota-kharcha katauti

काठमाडौं, १५ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी राष्ट्रिय सभा सांसद अनिता देवकोटाले खानेपानी मन्त्रालयको खर्च कटौतिका लागि संशोधन प्रस्ताव पेश गर्नु भएको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसद देवकोटाले खानेपानी मन्त्रालयको ‘पदाधिकारीलाई इन्धन’ शीर्षकमा विनियोजन गरिएको बजेट कटौति गरी ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने संशोधन प्रस्ताव पेश गर्नु भएको हो ।

सरकारले आगामी आर्थिक वर्षको खानेपानी मन्त्रालयको बजेटमा पदाधिकारीलाई इन्धनका लागि बजेट विनियोजन गरेको थियो । जुन बजेट फजुल खर्च भएकाले त्यसलाई कटौति गरेर एक रुपैयाँ कामय गर्न काँग्रेस सांसद देवकोटाको सरकारसँग माग छ ।

सांसद देवकोटाले गरिव तथा भूकम्प पीडित जनतालाई उचित खानेपानीको व्यवस्था हुने गरी ठोस योजना ल्याउन पनि सरकारसँग माग गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);