थ्रीडी प्रिन्टरबाट मंगल ग्रहका लागि घर तयार | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

थ्रीडी प्रिन्टरबाट मंगल ग्रहका लागि घर तयार

nasa-3d-print-2

काठमाडौं, १५ असार । अमेरिकाको एक कम्पनीले थ्रीडी प्रिन्टिङ प्रविधिको प्रयोगबाट एक त्यस्तो घर तयार गरेको छ जसमा बस्नेले मंगल ग्रहको अनुभव लिन सकिनेछ । यसलाई ‘टेरा’ नाम दिइएको छ ।

न्युयोर्कको हडसन नदी नजिकको जंगलमा यस प्रकारका केही घरहरुको निर्माण पनि पूरा भइसकेको छ । छिट्टै यसलाई बिदा मनाउन आउने पर्यटकका लागि खुला गरिनेछ ।

यसबाट हुने आम्दानी फर्मको भावी अनुसन्धान तथा निर्माण कार्यमा लगाइनेछ । यदि यी घरको डिजाइन सफल हुन्छ भने मानव मंगल ग्रहमा स्थापित भएपछि यही प्रविधिबाट त्यहाँ पनि बस्तीका लागि आधार तयार गर्न सकिने समाचारमा जनाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);