काठमाडौंमा सिरिन्ज आक्रमणको आतंक | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

काठमाडौंमा सिरिन्ज आक्रमणको आतंक

पुष्पा पोखरेल
काठमाडौ, १२ असार । काठमाडौं उपत्यकामा अचेल सिरिन्ज आक्रमणको आतंक देखिएको छ । हिंडिरहेको बेला अज्ञात व्यक्तिले आफनो शरीरमा तीखो वस्तुले घोपेको भन्ने गुनासो सर्वसाधरणको छ । यस्ता केही घटनाको उजुरीहरु प्रहरीमा परेका छन् । प्रहरी कार्यालयमा नौ जनाको उजुरी परेको छ ।

यस्ता अपराधिक घटना काठमाडौं उपत्यकामा बढ्दो छ । नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि बढाइ रहेको बेला उपत्यकामा सिरिन्ज आतंक देखिएको छ । गत बेशाख १५ गते काठमाडौंमा पहिलो पटक सिरिन्ज आक्रमणको घटना सार्वजनिक भएको थियो।

पैदल हिंडिरहेको र मोटर साइकलमा सवार व्यक्तिलाई सिरिन्ज आक्रमण गर्ने सिलसिला रोकिएन । पछिल्ला ९ वटा घटना देखा परि सकेका छन् । फेला परेका ९ वटा मध्ये ६ वटा घटनाबारे प्रहरीमा उजुरी परिसकेको छ । तर त्यो आक्रमण गर्ने व्यक्ति को हो ? किन आक्रमण ग¥यो ? र घोच्ने वस्तु सिरिन्ज नै हो वा होइन भन्ने एकीन भएको छैन ।

प्रहरीले पनि कुनै पनि आक्रमणकारीलाई पक्राउ गर्न नसकेकाले यो घटना रहस्यमय बन्दै गएको छ । गएको एक सातामा भएका पाँच घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको बताएको छ ।

सिरिन्ज आक्रमणको ९ घटना मध्ये ३ जना महिला पीडित छन् । सिरिन्ज आक्रमणमा परेका युवतीहरु अहिले उपचारको क्रममा रहेका छन् । समाजमा बढ्ने गरेका यस्ता किसिमका घटनाहरुले आम मानिसहरुमा आतंक फैलाइरहेको छ ।

सिरिन्ज आक्रमण गर्ने आक्रमणकारीमा अधिकांश पुरुष छन् । बनेपाको आक्रमणमा भने महिलाले महिलाई आक्रमण गरेको देखिन्छ । पैदल हिडिरहेकी महिलाले पैदल हिडिरहेकी महिलालाई आक्रमण गरेको बताइएको छ । यस्ता घटनालाई नेपाल प्रहरी अपराधिक घटना नभइ व्यक्तिको मानसिक सुन्तुलन ठिक नभएको संज्ञा दिएको छ।

सिरिन्ज आक्रमणको घटना बढेको देखिए पनि घटना भएको यति लामो समय भइसक्दा पनि प्रहरीले अहिलेसम्म एकजना अभियुक्त पनि पक्राउ गर्न सकेको छैन । सामान्य रुपमा मान्दा मान्दै पछिल्लो समय तथ्यांकले सिरिन्ज आक्रमण घटनाको ग्राफ बढाएको छ । आक्रमणकारी पक्राउ गर्न नसकेको नेपाल प्रहरी यसबारे अहिले थप भन्न नसकिने बताउँछ । तर दिनानुदिनमा बढिरहेका घटनाहरुले आम सर्वसाधारणहरुमा क्रास फैलाइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);