कर्मचारी कै कारण नेपाल टेलिकम धराशायीः सञ्चार मन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमभित्रका केही कर्मचारीहरु प्रतिष्पर्धी संस्थालाई फाइदा पुग्नेगरि फिक्सिङमा लागिरहेको दाबी गरेका छन् ।

 

नेपाल दुरसञ्चार कम्पनीले बुधबार टेलिकमका ७५ वटै जिल्लाका प्राविधिक सहितको अन्तरक्रियामा मन्त्री बस्नेतले केही वर्षअघि फुटबलमा भएजस्तै फिक्सिङ अहिले टेलिकममा भइरहेको दाबी गरेका हुन् । उनले टेलिकमभित्रकै केही खेलाडीले म्याच फिक्सिङ गरिरहेको भन्दै यस्ता मान्छे पहिचान गर्ने काम भइरहेको जनाएका छन् ।

 

मन्त्री बस्नेतले वर्तमान व्यवस्थापकीय पद्दती परिवर्तन गर्न नसकिए टेलिकम उठ्नै नसक्नेगरि डुब्ने आशंका व्यक्त गर्दै टेलिकममा आबद्ध केही व्यक्तिले खुलेआम अन्य प्रतिस्पर्धी सेवा प्रदायकलाई फाइदा पुग्ने काम गरिरहेको र तीनको पहिचान भैसकेको दाबी गरेका छन् ।

 

उनले राम्रो काम गर्ने कर्मचारीलाइ पुरस्कृत र दोहोरो चरित्र देखाउने कर्मचारीको पहीचान गरेर दण्ड सजाय दिन समेत निर्देशन दिएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);