सीमाको काम सुस्त | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

सीमाको काम सुस्त

SIMA nepal-india

काठमाडौं, ९ असार । नेपाल–भारतबीच पुनः सीमांकन कार्य सुरु भएको पाँच वर्ष भयो। दुवै देशका प्राविधिक टोलीले २ हजार ३५ सीमास्तम्भ मात्र पुनर्निर्माण गरेका छन्। १ हजार ६ सय ९९ वटा मर्मत गरिएको छ। सन् २०१४ मा सुरु गरिएको यो काम आठ वर्षभित्र सक्ने लक्ष्य छ। त्यस बेलासम्म ८ हजार ५ सय ५४ स्तम्भ बनाइनेछ। तर, यसमा भारतले कम चासो दिएको नेपाली प्राविधिक बताउँछन्।

बाउन्डरी वर्किङ ग्रुप (बीडब्लूजी) गठन गरी काम थालिएको थियो। विवादरहित स्थानमा दुवै देशका टोलीले जोर–बिजोरका हिसाबले स्तम्भ पुनर्निर्माण र मर्मत गरिरहेका छन्। नेपालले बिजोर र भारतले जोर नम्बरका स्तम्भको काम गरिरहेका हुन्। नापी विभागका अनुसार पहिलो वर्ष नौ स्तम्भ पुनर्निर्माण गरिएको थियो। १ सय ६७ वटा मर्मत गरियो। २०१५/१६ मा २ सय ९० स्तम्भ बनाइयो भने ८ सय ५९ को मर्मत गरियो। २०१६/१७ मा ३ सय ४, २०१७/१८ मा ४ सय ३१, २०१८/१९ मा १ हजार १ वटा पुनर्निर्माण भयो। त्यस्तै क्रमशः ८ सय ५९, २ सय १४, १ सय ८७ र २ सय ६९ को मर्मतसम्भार गरियो। अब ३ हजार ६ स्तम्भ पुनर्निर्माण र १ हजार ३ सय १४ वटा मर्मत गर्न बाँकी छ।

नापी विभागका प्रमुख नापी अधिकृत दयानन्द जोशीले यो वर्ष सबैभन्दा धेरै सीमास्तम्भ पुनर्निर्माण गरिएको बताए। नेपालले १ सय ५ र भारतले १ सय ६४ स्तम्भ मर्मत गरेका छन्। भारतभन्दा नेपालले धेरै पुनर्निर्माण गरेको उनले सुनाए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);