चुरे दोहनप्रति राष्ट्रपति भण्डारीको चिन्ता | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

चुरे दोहनप्रति राष्ट्रपति भण्डारीको चिन्ता

rastrapati bidhya devi bhandari

काठमाडौं, ७ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले अनियन्त्रित रुपमा भइरहेको चुरे दोहनप्रति चिन्ता व्यक्त गर्नुभएको छ । शनिवार सप्तरीको एक विद्यालयको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले चुरे दोहन रोक्न र वृक्षरोपण गर्न जोड दिनुभएको छ ।

चुरे क्षेत्रको अत्याधिक दोहनले खोलाको मुहान सुक्नुका साथै वातावरणमा समेत नकारात्मक प्रभाव पार्ने भन्दै उहाँले चुरे संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले महिलाहरु शिक्षित नभएसम्म मुलुक समृद्ध हुन नसक्ने भन्दै मुलुक समृद्ध बनाउन शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा तिन वटै सरकार मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई शिक्षित बनाउने र महिला हिंसा रोक्न प्रदेश सरकारले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सुरु गरेको बताउनुभयो । साथै मुख्यमन्त्री राउतले प्रदेश २ का १४ हजार छोरीलाई विद्यालय जान प्रेरित गर्ने उद्देश्यले साइकल प्रदान गरिने जानकारी दिनुभयो

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);