बिनासका लागि तयार रहन इरानलाई ट्रम्पको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

बिनासका लागि तयार रहन इरानलाई ट्रम्पको चेतावनी

डोनाल्ड ट्रम्प

एजेन्सी, ७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले युद्ध नचाहे पनि द्वन्द्व भड्किए विनाशको सामनाका लागि तयार रहन इरानलाई चेतावनी दिएका छन् ।

अमेरिकाको एक टेलिभिजन अन्तरर्वार्तामा बोल्दै ट्रम्पले अमेरिका वार्ताका लागि खुला रहेको तर इरानलाई आणविक हतियार विकास गर्न नदिने बताए । अमेरिकी सेना इरानविरूद्ध आक्रमणका लागि तयारी अवस्थामा पुगे पनि आक्रमण गर्नु १० मिनेट अघि मात्रै मनसाय बदलेको ट्रम्पले बताए ।

ट्रम्पले बिहीबार इरानले अमेरिकी जासुसी ड्रोन खसालेको जवाफमा अमेरिकाले इरानका विभिन्न तीनओटा ठाउँमा आक्रमणको योजना बनाए पनि १सय ५० जना मानिस मारिने थाहा भएपछि आक्रमण रोक्ने निर्णय गरेको बताए ।

इरानले उक्त ड्रोन आफ्नो आकाशमा आएकाले खसालेको बताए पनि अमेरिकाले ड्रोन अन्तर्राष्ट्रिय आकाशमै रहेका बेला खसालिएको दाबी गरेको छ । अमेरिकाले आफ्नो देशमा दर्ता भएका सबै विमानलाई खाडी र आसपासका समुद्रमाथिका इराननियन्त्रित हवाईमार्ग प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । अमेरिका र तेहरानबीच बढेको तनावको असर अन्तराष्ट्रिय बजारमा देखिएको छ ।सुन र पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);