काठमाडौं, ४ असार । विरेन्द्रनगर नगरपालिकाले राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
हलचोकस्थित सशस्त्र प्रहरीबलको मैदानमा बुधबार भएको खेलमा हेटौडा उपमहानगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै विरेन्द्रनगरले विजयी सुरुवात गरेको हो ।
खेलमा आत्मघाती गोलबाट विरेन्द्रनगरले जित निकालेको हो । विरेन्द्रनगरको जितमा २७ औं मिनेटमा हेटौडाकी केसरी पाख्रिनले आत्मघाती गोल गरिन् ।जितसंगै समूह ’बी’ को विरेन्द्रनगरले पहिलो खेलबाट ३ अंक जोडको छ । हेटौडाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
‘समूह बी’मा विरेन्द्रनगर र हेटौडासंगै कावासोती नगरपालिका, चौदण्डी गढी नगरपालिका र पोखरा महानगरपालिका रहेका छन् ।अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ ।
सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।प्रत्येक समूहका समूह विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । स्याङ्जाको वालिङ नगरपालिकाले समूह ’ए’ बाट सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।