सदनभित्र प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता भएन : बालकृष्ण खाँड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सदनभित्र प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता भएन : बालकृष्ण खाँड

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सदनभित्र प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता कायम हुन नसकेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीसंग प्रतिक्रिया दिदै उहाँले प्रतिपक्षी दललाई बोल्न नदिने प्रवृत्ति बढ्दै गएको दाबी गर्नुभयो । दलको नेताका लागि बोल्नका समय माग्दा समय नदिएपछि आफुहरुले अभिव्यक्ति स्वतन्त्रता कायम गर्न सभामुखको ध्यानाकर्षण गराएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “सदन भित्र अभिव्यक्ति स्वतन्त्रता कायम हुनुपर्यो । दलको नेताले सदनमा बोल्ने कार्यक्रम राखेको थियो । सभामुखले बोल्ने समय उपलब्ध गराउनु भएन । जबरजस्ती हामीले बोल्छु भन्दा भन्दै माननिय प्रधानमन्त्रीलाई बोलाउनुभयो । दलका नेताले बोलेपछि प्रधानमन्त्रीले बोलेको भए सुल्टो पनि हुन्थ्यो । हाम्रो त्यसमा सहमति थिएन र विरोध गर्यौ ।”

उहाँले प्रतिपक्षी दललाई जबरजस्ती बोल्न नजाने प्रवृति देखिएकाले त्यस विरुद्ध उभिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “खराबप्रवृत्ति विरुद्ध उभिएको हो । अपोजिसनलाई जवरजस्ती बोल्न नदिने मनसुवा, खराब ध्येय भयो । त्यही खराब ध्येयका विरुद्ध हामी उभिनुपर्यो ।”

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);