भन्सार पास गाडी नजाँच्नू : गृह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

भन्सार पास गाडी नजाँच्नू : गृह

griha mantralaya

काठमाडौं, ३ असार । गृह मन्त्रालयले मधेसका २२ जिल्लाका प्रशासन र प्रहरीलाई भन्सार पास भएर आएका मालवाहक गाडी जाँच नगर्न सोमबार परिपत्र गरेको छ ।

नेपाली उत्पादनमूलक उद्योगमा प्रयोग गरिने कच्चा पदार्थ बोकेका गाडी नेपाल प्रवेश गर्ने क्रममा ट्राफिक प्रहरीले ओभरलोड भनेर नियन्त्रण गर्ने, जरिवाना तिराउने, हैरानी दिने र दुई–तीन दिन होल्ड गर्ने गरेको भन्दै उद्योगी–व्यवसायीबाट गुनासो आएपछि गृहले नजाँच्न परिपत्र गरेको हो ।

भन्सारका कर्मचारीसँग मिलेमतोमा तौलभन्दा धेरै सामान ल्याएको र सूचीमा भएभन्दा फरक सामान भएको देखिएपछि पछिल्ला महिनामा प्रहरीले भन्सार पास भएका गाडी जाँचमा कडाइ गरेको थियो । स्रोतका अनुसार केही उद्योगीरव्यवसायीले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईलाई भेटेर प्रहरी जाँच रोक्न दबाब दिँदै आएका थिए ।

गृहले जारी गरेको परिपत्रमा समेत स्थानीय प्रशासन र प्रहरीबाट गाडी रोक्ने, दुःख, हैरानी दिने, धरपकड गर्ने, गाडी नियन्त्रणमा लिने कार्यबाट ढुवानी प्रक्रियामा अवरोध भएको भन्दै उद्योगहरूका तर्फबाट लिखित र मौखिक गुनासो आएको उल्लेख छ । स्रोतका अनुसार एक महिनाअघि मात्रै भन्सार पास भएको गाडी रोकेको भन्दै व्यवसायीले गृह मन्त्रालयमा सूचना पुर्‍याएपछि गृहसचिव राईले तराईका एक प्रहरी अधिकारीसँग चासो राखेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);