सुपुर्दगी सम्बन्धि बिधेयक स्थगन गरिएपनि हङकङमा रोकिएन आन्दोलन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

सुपुर्दगी सम्बन्धि बिधेयक स्थगन गरिएपनि हङकङमा रोकिएन आन्दोलन

बिधेयक स्थगन नभई फिर्ता हुनुपर्ने आन्दोलनकारीको माग

एजेन्सी, २ असार । हङकङ सरकारले सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयक स्थगनको घोषणा गरे पनि सोमवार सर्वसाधारणले विरोध प्रदर्शन गरेका छन् । हङकङका कैदी बन्दीलाई चीन सुपुर्दगी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि हङकङमा विरोध प्रदर्शन चर्केको हो ।

बिरोध प्रदर्शन चर्किदै गएपछि चीन समर्थित हङकङकी प्रमुख कार्यकारी क्यारी लामले गत शनिबार विधेयक स्थगनको घोषणा गरेकी थिईन । तर आन्दोलनकारीले बिधेयक स्थगन मात्र नभइ फिर्ता नै लिनुपर्ने अडान राखेका छन् ।

यसैबीच सन् २०१४ मा भएको छाता आन्दोलनको नेतृत्व गरेका हङकङका राजनीतिक अभियानकर्मी जोशुवा वङ सोमवार जेल मुक्त भएसँगै उनले हाल विवादास्पद सुपुर्दगी कानूनको विरोधमा भएको आन्दोलनमा साथ दिने घोषणा गरेका छन् ।

छाता आन्दोलनको नेतृत्व गरेका २२ वर्षे युवा नेता वङ अदालतको मानहानी गरेको अभियोगमा ५ साताको कारावास सजाय भोगेर सोमबार मुक्त भएका छन् । उनलाई स्वागत गर्न सयौं मानिसहरु सहभागी थिए ।

नयाँ सुपुर्दगी कानून लागू भएमा त्यसले हङकङवासीको मानवअधिकार तथा स्वतन्त्रतामाथि हनन् हुने हङकङका नागरिकको भनाई छ । एकसातादेखि चर्किएको आन्दोलनमा दशौ लाख मानिसको सहभागिता रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । आन्दोलनकारीले प्रमुख कार्यकारी क्यारी असफल भएको भन्दै उनको राजीनामा पनि माग्दै आएका छन् ।

PHOTO : .bbc.com

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);