साञ्जेन जलविद्युत निर्माणकालागि लगानी जुट्यो | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

साञ्जेन जलविद्युत निर्माणकालागि लगानी जुट्यो

साञ्जेन जलविद्युत

काठमाडौं, ३१ जेठ । चिनियाँ कम्पनीलाई निर्माणको जिम्मेवारी दिइएको रसुवास्थित ७८ मेघावाट क्षमताको साञ्जेन खोला जलविद्युत आयोजनाले लगानी जुटाएको छ ।

शुक्रबार काठमाडौंमा चिनियाँ कम्पनी सिएचईसी तथा नेपाल इन्भेष्टमेन्ट बैंकको स्वामित्वमा रहेको कुमारी बैंक तथा सिटिजन बैंकबीच सो आयोजनामा लगानी लागि ऋण सम्झौतामा हस्ताक्षर गरिएको हो ।

इन्भेष्टमेन्ट बैंकको स्वामित्वमा रहेको कुमारी बैंक तथा सिटिजन बैंक पार्टनर रहेको सो आयोजनामा ९२ प्रतिशत चिनियाँ कम्पनी सिएचईसी र ८ प्रतिशत नेपालीको साझेदारी रहनेछ । रसुवा जिल्लामा रहेको सो आयोजना निर्माणमा १३ अरव २० करोड लाग्ने अनुमान गरिएको छ ।

त्यसमध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्वीटी रहनेछ । यो जलविद्युत आयोजना चिनियाँ कम्पनीले पहिलो पटक लगानी गर्न लागेको आयोजना हो । आगामी ४ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजना वरपरको सडक निर्माण कार्यलाई तीव्रता दिइएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);