काठमाडौं, ३१ जेठ । सार्वजनिक गाडीको बढाउने भनिएको भाडा नबढ्ने भएको छ ।
यातायात व्यवस्था विभागकले गाडी भाडा बढाउने निर्णय फिर्ता लिएको हो । छोटो दूरीमा १२ तथा लामो दूरीमा २० प्रतिशत भाडा बढाउने निर्णय भएको थियो । विभागले यसअघि नयाँ भाडादर समेत सार्वजनिक गरेको थियो । तर अर्को सूचना नआएसम्मका लागि नयाँ भाडा दर लागु नहुने बिहीबार सूचना निकालेर विभागले बताएको छ ।