काठमाडौं, ३० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले गुठी सम्बन्धी विधेयक संविधान विपरित भएको भन्दै तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउका छन् ।
प्रतिनिधिसभाको विहिबारको बैठकमा कांग्रेस सांसदहरुले संविधानले गरेको व्यवस्था विपरित सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको दाबी समेत गरे । बैठकमा कांग्रेस सांसद भीमसेनदास प्रधानले राजधानीमा गुठी सम्बन्धी विधेयक लगायत सरकारले संविधान विपरित ल्याएका विधेयक विरुद्ध काठमाण्डौमा दिनहुँ विरोध प्रर्दशन र आन्दोलनहरु भईरहेको भन्दै त्यसको समाधान समयमै गर्न सरकारको ध्यानकर्षण गराउनु भयो । उहाँले गुठी सम्बन्धी विधेयक मार्फत सरकारले ऐतिहासिक, पुरातात्वीक महत्व, धर्म , संस्कृति र सम्पदामाथि धावा बोल्ने काम गरेको आरोप लगाउनुभयो ।
सभामुख कृष्ण बहादुर महराले विहिबारको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएपछि महराले सांसद प्रधानलाई बोल्नका लागि समय दिनुभएको थियो ।