नयाँ उद्योग संचालन गरेको ५ वर्षसम्म आयकर छुट गर्न व्यवसायिको माग | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

नयाँ उद्योग संचालन गरेको ५ वर्षसम्म आयकर छुट गर्न व्यवसायिको माग

income-tax

काठमाडौं, २२ जेठ । निर्यात जन्य बस्तु उत्पादन गर्ने विभिन्न संघ संस्थाले नयाँ उद्योग संचालन भए देखि ५ वर्ष सम्म आयकर छुटको माग राखेका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल गार्मेन्ट उद्योग संघ, नेपाल पस्मिना उत्पादन संघ, नेपाल कार्पेट उधोग संघ, नेपाल हस्तकला महासंघ, नेपाल फेल्ट उद्योग संघ र नेपाल सिल्क एसोसियसन र नेपाल तयारी पोशाक उद्योग संघले आगामी आर्थिक वर्षमा नयाँ उद्योग संचालन भएको समय देखि ५ वर्ष सम्म र चालु उद्योगहरुलाई ३ वर्ष सम्म आयकर छुट गर्न सरकारसँग माग गरेका हुन् ।

उद्योगीहरुले निर्यातजन्य नेपाली बस्तु गुणस्तरीय भए पनि उत्पादन लागत धेरै भएकोले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसकिएकोले कर छुटको माग गर्नु परेको बताए । यस्तै उद्योगीहरुले निर्यात जन्य वस्तुहरुको ढुवानी लागत हेरी सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाएको ३ देखि ५५ सम्मको नगद अनुदान तुरुन्त व्यवस्था गर्न पनि माग गरेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डी प्रसाद अर्यालले उद्योग हरुको चालु पुँजीमा न्युनतम ब्याजदर कायम गरि पुनकर्जा पनि उपलब्ध गराउन सरकारले सहजीकरण गर्नुपर्ने माग गर्नु भयो।

साथै निर्यात जन्य स्वदेशी संस्थाको आर्थिक दीगोपन र निरन्तर उत्पादनको लागि बैंक तथा बित्तिय संस्थाले कर्जा लगानीको १०% निर्यात क्षेत्र सँग सम्बन्धित उद्योगमा लगानी गर्ने व्यवस्था मिलाउनु पर्ने माग गर्नु भयो ।

पत्रकार सम्मेलनमा उद्योगीहरुले निर्यात जन्य वस्तुको अन्तराष्ट्रिय स्तरको बजारीकरणमा विदेशमा रहेका नेपाली दूतावाशहरुले सघाउनु पर्ने बताए । यस्तै उद्योगीहरुले आगामी असार १ गते देखि लागु हुने भनिएको कार्यालय समयमा माल बस्तु ढुवानी गर्ने सवारी साधन माथिको रोकले कच्चा पदार्थ ओसारपसारमा असर गर्ने बताएका छन् । यो व्यवस्था पुनर्विचार गर्न पनि माग गरेका छन् ।