हिँड्ने होइन, दौडने कर्मचारीतन्त्र | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

हिँड्ने होइन, दौडने कर्मचारीतन्त्र

nijamati karmachari

काठमाडौं, २२ जेठ । निजामती सेवाको विशिष्ट श्रेणीमा करारबाट नियुक्ति गर्नुपर्छ भन्ने आवाज पुनः एकपटक उठेको छ, जसले निजामती सेवाभित्र एउटा तरङ्ग उत्पन्न गरेको छ ।

यसको विपक्षमा विचार राख्नेहरूले भन्छन्– नेपालको निजामती प्रशासन यस्तो प्रणालीबाट कुरूप हुन्छ, यसबाट कर्मचारीमा मनोबल वृद्धि हुन सक्दैन । अर्कोतर्फ करारमा नियुक्ति गर्नुपर्छ भन्नेहरूको तर्क छ– विद्यमान निजामती प्रशासनमा प्रवर्तन सीपको कमी छ, जो नयाँ तरिका, प्रणाली र पद्धतिलाई अपनाउनुभन्दा पुरानो शैली र लालफिताशाहीको घेराबन्दीमा परेको छ । यसबाट दिगो विकास, समृद्ध र विकसित नेपालको निर्माण गर्ने कार्यमा चुकुल लाग्छ ।

यी दुवै विचारमा आ–आफ्नै दम छ । दुवै विचारको गुण–अवगुण दुवै छन् । करार नियुक्तिलाई सकारात्मक पक्षबाट हेर्दा यसले नयाँ र सीपमूलक रगतलाई आमन्त्रण गरेको हुन्छ । अर्थात् ‘इन्नोभेटिभ आइडिया’ ९नवप्रवर्तन विचार० भएकाहरू निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा प्रवेश गर्दा उनीहरूले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, जोखिम मोल्न सक्ने र उपयुक्त समयमा उपयुक्त निर्णय गर्न सक्ने ल्याकत बोकेर आएका हुन्छन् । उनीहरूले आफ्नो करार अवधिभित्र अत्युत्तम काम गर्नका लागि मरिमेट्ने सोच बोकेर आएका हुन्छन् । उनीहरूसँग परिणाम उत्कृष्ट भएन भने उनीहरूसँग उक्त पदमा रहिरहने स्थिति मूर्छित हुन्छ ।

अर्कोतर्फ सचिव पदसँग ‘टेम्परिङ’ ९छेडछाड० गर्नु कर्मचारीतन्त्रलाई कमजोर बनाउनु हो भन्ने धारणाले खासगरी वेबेरियन कर्मचारी तन्त्रको मोडेलभन्दा बाहिर जानु जोखिमपूर्ण हुने तर्क गर्छ । सचिवमा करार नियुक्ति गर्दा कर्मचारीतन्त्रभित्र नकारात्मक सन्देश प्रवाह हुन्छ र यसले कर्मचारीको मनोबल ह्रास गराउँछ । साथै वृत्ति विकासको सीमित अवसर पनि साँघुरिएर ‘चिकननेक’ बन्न पुग्छ । फलतः सरकारी काम कहिले जाला घाम’ले परिणामलाई बिथोल्छ भन्ने धारणा अगाडि आएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);