नेकपाको सचिवालय बैठक बिना निष्कर्ष टुंगियो | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

नेकपाको सचिवालय बैठक बिना निष्कर्ष टुंगियो

नेकपा सचिवालय बैठक

काठमाडौं, २१ जेठ । सत्तारुढ दल नेकपाको सचिवालय बैठकले मंगलवार पनि नेताहरुको कार्यबिभाजन टुंगो लगाउन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको बैठकमा पार्टीका जिल्ला इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी बाँडफाँड गर्ने भनिएपनि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

यद्यपी नेताहरुले जिम्मेवारी बाँडफँडको खाका तयार भैसकेको र बुधवार बस्ने बैठकले टुंगो लगाउने बताएका छन । शीर्ष नेताहरुबीच जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि सचिवालय बैठक पटक पटक स्थगित हुँदै आइरहेको थियो । नेकपाभित्र कुन विभाग कसरी बनाउने र कसलाई नेतृत्व दिने भन्ने टुंगो लागेको छैन ।

त्यस्तै पोलिटब्युरो गठनको विषय पनि थाँती नै छ ।विशेषगरी संगठनको नेतृत्व गर्ने संगठन विभागमा कसलाई ल्याउने भन्ने बिषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुरा मिल्न सकेको छैन । पोलिटब्युरो गठनमा पनि तत्कालीन एमाले र माओवादी केन्द्रले आ आफ्नो भागमा पर्ने व्यक्तिको नाम टुंग्याउन सकेका छैनन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);