समृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिविम्बित भएन : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

समृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिविम्बित भएन : गगन थापा

काठमाडौं, २१ जेठ । नेपाली कांग्रेसका सांसदले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिविम्बित हुन नसकेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद थापाले सरकारको लक्ष अनुसार बजेटमा विकासको दर्शन आउन नसकेको टिप्पणी गर्नुभयो ।

बलियो सरकारले ल्याएको बजेटमा विकासको प्रस्थान विन्दु गाउँ हो कि शहर हो भन्नेमा नै अन्योल देखिएको उहाँले बताउनुभयो । बजेटमा आर्थिक विकासको र राजश्वको लक्ष्य फेला नपरेको, नेकपाको विकास दर्शन र सिद्धान्त फेला नपरेको तथा मन्त्रालयगत प्राथमिकता निरासाजनक भएको उहाँले टिप्पणी गर्नुभयो ।

बहुमतको सरकारले मुलुकको आर्थिक विकासका लागि निरन्तरतामा क्रम भंग गरि रुपान्तरणको बाटोमा अघि बढ्छ भन्ने नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको दाबी गर्नुभयो । उहाँले सम्मुन्त अर्थतन्त्रका लागि पर्यटन, राजश्व परिचालन लगायत क्षेत्रमा प्रभावकारी सुधार आउन नसकेको बताउनुभयो ।

उहाँले बजेटमा आएका निर्वाचन क्षेत्र र वृद्धा भत्ताका कार्यक्रमलाई मात्रै हेरे खुसी हुँ कि दुखी हुँ भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो “म जस्तो एउटा व्यक्ति सांसद भएर खुसी हुँ कि नागरिक भएर दुखी हुँ ? खुसी हुँ कि दुखी हुँ । म अलमलमा परेको छु । ”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);