काठमाडौं, १९ जेठ । राष्ट्रिय जनता पार्टीले संविधानले गरेको व्यवस्था विपरित लोकसेवा आयोगले प्रदेशलाई समेत गरि कर्मचारी परिपूर्तिका लागि विज्ञापन आव्हान गरेको भन्दै आपत्ती जनाएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकार र संवैधानिक निकायले संविधानको कार्यान्वयन नगरेको आरोप लगाउनुभयो । उहाँले संविधान विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै सच्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
लोकसेवा आयोगले संघीय कर्मचारीको मात्रै नियुक्ति गर्नुपर्नेमा समग्र मुलुकभरका लागि विज्ञापन आव्हान गर्नु संबिधान विपरित भएको सांसद कर्णको दाबी छ । केही दिन अघि लोकसेवा आयोगले ९ हजार कर्मचारी आवश्यकता सम्बन्धि बिज्ञापन गरेको थियो ।
सांसद कर्णले मधेस आन्दोलनको छानबिन गर्न गठित गिरिसचन्द्र लाल आयोगले दिएको प्रतिवेदन सार्वजनिक नगरिएकोमा पनि असन्तुष्टि जनाउनुभयो ।उहाँले प्रतिबेदन सार्वजनिक नगरे संसद बैठक अवरुद्ध हुनसक्ने चेतावनी समेत दिनुभयो ।