अनुचित काम गर्ने न्यायाधीश बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

अनुचित काम गर्ने न्यायाधीश बर्खास्त

adalat

काठमाडौं, १६ जेठ । न्यायपरिषद्को बैठकले काजमा रहेका दुई जिल्ला न्यायाधीशलाई कारबाही गरेको छ । परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेयलाई पदबाट हटाएको छ ।

त्यसैगरी तनहँु जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायमाथि नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा चलाउने निर्णय गरिएको छ ।

न्याय सम्पादनमा त्रुटि भेटिएको भन्दै तीन महिनादेखि काजमा तानिएका दुवै न्यायाधीशलाई अनुसन्धानपछि कारबाही गर्ने निर्णय गरिएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);