आगामी आर्थिक वर्षको बजेट अत्यन्तै राम्रो : निजी क्षेत्र | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

आगामी आर्थिक वर्षको बजेट अत्यन्तै राम्रो : निजी क्षेत्र

bhawani rana

काठमाडौं, १५ जेठ । निजी क्षेत्रले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट अत्यन्तै राम्रो रहेको टिप्पणी गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले ल्याएको बजेट अत्यन्तै राम्रो रहेको प्रारम्भिक टिप्पणी गर्नु भएको हो ।

बजेट भाषण सकिएपछि लगत्तै बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ टिप्पणी गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष राणाले सरकारले ल्याएको बजेट उत्साहजनक रहेको टिप्पणी गर्नु भयो । उहाँले धागो तथा कपडा उद्योगका लागि ५० प्रतिशत विद्युत महशुल छुट गर्ने प्रावधान बजेटमा आउनु स्वदेशी उद्योगका लागि उत्साहजनक भएको पनि स्पष्ट पार्नु भयो ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष अग्रवालले समग्रमा बजेट अन्त्यन्तै राम्रो भएको प्रतिक्रिया दिनु भयो । उहाँले बजेट लगानी मैत्री भएको र त्यसले निजी क्षेत्रको मागलाई पनि सम्बोधन गरेको भन्दै खुशी व्यक्त गर्नु भयो ।

निजी क्षेत्रले बजेटमा सरकारले कच्चा पदार्थको आयातमा भन्सार दर केही प्रतिशत छुट गर्ने व्यवस्था गरेर स्वदेशी उद्योगको प्रवद्र्धनमा जोड दिएको पनि जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);