कहिले टुंगो लाग्छ नेकपाको एकता प्रक्रिया ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

कहिले टुंगो लाग्छ नेकपाको एकता प्रक्रिया ?

prachanda oli

तेजना पण्डित
काठमाडौं, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)गठन भएको एक बर्षको अवधिमा नेताहरुलाई जिम्मेवारी बाँडफाँड नहुंदा पार्टी भित्र झमेला झनझन बढेको देखिन्छ । कन्द्रीय कमिटि र स्थायी समिति गठन र वर्गीय कमिटीहरु समायोजन भए पनि पार्टीमा महतवपूर्ण मानिने पोलिटब्युरो गठन अझै हुन सकेको छैन । यसले पार्टी भित्र असन्तुष्टि बढीरहेको देखिन्छ ।

नेकपा गठन भएको एक वर्ष तथा मदन भण्डारी स्मृती सभाको दिन पारेर जेठ ३ गते जनबर्गिय संगठनको संयोजक र सहसंयोजकको नामको घोषणा गर्दै बाँकि काम केहि दिनमै टुङ्गो लगाउछौ भनी घोषण गरेको नेकपाले बाँकी काम अझै टुंगाउन सकेन ।

तत्कालीन नेकपा एमाले र माओबादी बिच पार्टी एकिकरण भई (नेकपा) गठन भएको दिन सचिवालय,स्थायी कमिटी,केन्द्रीय कमिटी को नामको टुङ्गो लागेको थियो । सचिवालय र स्थायी कमिटीले बिभिन्न समयमा बैठकबस्दै आयपनि केन्द्रिय कमिटीको कार्यबिभाजन तथा बैठक समेत बस्न सकेको छैन ।

त्यसपछिको एकबर्षको अबधिमा प्रदेश कमिटी गठन, जिल्ला तहमा तथा जनबर्गिाय संगठनको नेतृत्व चयन भएको छ तर पोलिटब्युरो गठन हुन सकेको छैन । जनबर्गिय संगठनको नेतृत्व चयनपछी पोलिटव्युरो गठन,केन्द्रिय सदस्यहरुको कार्य बिभाजन लगाएत बाँकि रहेका कामहरु टुङ्गाउनको लागी पटक पटक सचिवालयको बैठकको मिती तोकेपनि बैठक बस्न सकेको छैन ।

२१ वटा जनवर्गीय संगठनको टुंगो लगाउंदा विद्यार्थी संगठन भित्र खैलाबैल नै मच्चियो । विद्यार्थीको मामिलामा शीर्ष नेतृत्वले खुलेर नबोले पनि गुट उपगुटको बैठकमा तिव्र असन्तुष्टि व्यक्त गरे । संगठनको नेतृत्व चयन गर्दा मर्यादाक्रम नमिलेको भन्दै बिद्यार्थी नेताहरुले खुलेआम असन्तुष्टि पोखे । तथापी मिलेर अघि बढ्नुको विकल्प नभएको तल्लो तहका नेताहरु बताउँछन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक गृहकार्य गरेसँगै छिटै बैठक बस्छ र बाँकी काम टुंगिन्छ भनेको पनि महिनौ बित्यो । न बैठक बस्यो , न बांकी रहेको प्रक्रिया टुंगोमा पुग्यो । निर्णयको कुरा त परेै जाओस बैठक कहिले बस्छ भन्नेमा समेत सचिवालयकै सदस्यहरु अनभिज्ञ देखिन्छन् । नेकपाको एकता अब कता ? भनेर कार्यकर्ताहरु प्रश्न समेत गर्न थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);