सात किलो सुन ल्याउनेलाई १७ करोडको माग दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

सात किलो सुन ल्याउनेलाई १७ करोडको माग दाबी

sun

काठमाडौं, ८ जेठ । राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरी सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो कायम गर्दै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरेको छ ।

विभागले मंगलबार रसुवा नौकुण्ड गाउँपालिका–१ रसुवाका ३० वर्षे शेर ग्याल्चो घलेलाई मुद्दा दर्ता गरेको हो ।

घलेले चोरी पैठारी गरी ल्याएको सात किलो सुन र भन्सार तिर्नुपर्ने रकम गरी १७ करोड ७९ लाख ४० हजार रुपैयाँ माग दाबी गरी मुद्दा दर्ता गरिएको हो ।  यो समाचार आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);