काठमाडौं, ७ जेठ । एनसेलले पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययन गर्ने उकृष्ट विद्यार्थीलाई १ करोड ३० लाख रुपैयाँ छात्राबृत्ति उपलव्ध गराउने भएको छ ।
एनसेलले पुल्चोक क्याम्पसमा २०७६ देखि २०८० सम्म ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स, कम्प्युटर सिभिल र मेकानिकल इन्जिनियरीङ् संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई उक्त छात्राबृत्ति उपलब्ध गराउन भएको हो । जसमा १८ जना उत्कृष्ट विद्यार्थी र ६ जना उत्कृष्टलाई सम्मान गर्ने एनसेलले जनाएको छ ।
एनसेलले केही वर्ष यता देखि पुल्चोक इन्जिनियरिङ कलेजमा पढ्ने उत्कृष्ट विद्यार्थीलाई सम्मान गदै आएको छ । अहिलेसम्म ८० जना विद्यार्थीले छात्राबृत्ति लिईसकेको एनसेलको भनाई छ ।