भारतमा लोकसभा निर्वाचन आज अन्तिम चरणको मतदान हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

भारतमा लोकसभा निर्वाचन आज अन्तिम चरणको मतदान हुँदै

loksabha-election-in-india

काठमाडौं, ५ जेठ । भारतमा आज लोकसभाको सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ ।

भारतमा ११ अप्रिलबाट लोकसभा चुनाव सुरु भएको थियो । आज अन्तिम चरणको चुनाव सकिएपछि आगामी बिहिवार मतपरिणाम आउने जनाइएको छ । २३ मेमा मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । आज ८ राज्यमा ५९ सिटका लागि मतदान भइरहेको हो ।

आजको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी बाराणसीबाट उम्मेदवार बनेका छन् । ३९ दिन लामो निर्वाचन कार्यतालिका आइतवार हुने निर्वाचनसंगै सकिने छ । यो संगै लामो समयदेखिको चुनावी सरगर्मी समेत समाप्त हुनेछ । यद्यपी बिहिवार हुने मतगणनाको परिणामले कुन राजनीतिक पार्टीको जीत हुन्छ भन्ने निर्णय हुनेछ ।

खासगरी भारतमा सत्तारुढ भारतीय जनातापार्टी र भारतीय कांग्रेसपार्टीबीच नै प्रतिस्पर्धा रहेको जनाइएको छ । निर्वाचनले प्रधामन्त्री मोदीको ५ बर्षको कार्यकालको समीक्षा हुने जनाइएको छ । ५ सय ४३ सिट रहेको लोकसभामा बहुमतका लागि कम्तिमा २ सय ७२ सिटको आवश्यकता पर्दछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);