बाजुरा, ४ जेठ । कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार भन्ने नाराका साथ प्रथम बाजुरा महोत्सव आयोजन गरिएको छ । बाजुराको उद्योग पर्यटन, कृषि जडिवुटी व्यापार प्रवद्र्धनको उद्देश्यका साथ शुक्रबारबाट बाजुराको सदरमुकाम मार्तडीमा प्रथम बाजुरा महोत्सव सूरु भएको हो ।
बाजुरा उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नु भएको थियो । जेठ नौ गतेसम्म चल्ने महोत्सवमा ७० वटा व्यापारिक स्टलहरु रहेका छन भने रमाइलो मेलासँगै प्रत्येक दिन राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुति रहने बाजुरा उद्योग वाणिज्य संघले जनाएको छ ।
८० लाख बढीको लागतमा हुन लागेको महोत्सवमा १ करोड बढीको कारोबार हुने र पचास हजार बढी दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान बाजुरा उद्योग बाणिज्य संघले गरेको छ ।