काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधवार साँझ स्वदेश फर्किनुभएको छ ।
समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर उहाँ बुधवार स्वदेश फर्कनुभएको हो । त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दे प्रधानमन्त्री ओलीले भ्रमण फलदायी भएको बताउनुभयो । उहाँले भ्रमणले आपसी सम्बन्ध बिस्तारमा समेत महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुुवास नेम्बाङ र उच्चपदस्थ सरकारी कर्मचारीले स्वागत गर्नु भएको थियो ।