आगामी बजेटले दीगो विकासको अवधारणलाई आत्मसाथ गर्नेछ : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

आगामी बजेटले दीगो विकासको अवधारणलाई आत्मसाथ गर्नेछ : अर्थमन्त्री

अर्थमन्त्री डाक्टर युवराज खतिवडा

काठमाडौं, ३१ बैशाख । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दीगो विकासको अवधारणालाई बजेटले आत्मसाथ गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले द्वन्द्व नबढाउने, शान्ति प्रक्रियालाई बलियो बनाउने, असमानता घटाउने, पूँजीले श्रमको शोषण नगर्ने र भएको आर्थिक वृद्धिको समन्यायीक वितरणलाई नै बजेटले आत्मसाथ गर्ने बताउनुभएको हो । उहाँले क्षेत्रगत भन्दा नीतिगत प्राथमिकतालाई बजेटले आत्मसाथ गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले खासवर्ग र क्षेत्रबाट निर्देशित आर्थिक वृद्धि अर्थात् वित्तिय पूँजीवाद र प्रविधिमा आधारित पूँजीवादले श्रमको शोषण गर्ने भएकाले दीगो नहुने दाबी गर्नुभयो ।

आर्थिक वृद्धिको आधार फराकिलो भए मात्रै दिगो विकास हुने उल्लेख गर्दै खतिवडाले आर्थिक वृद्धि संगसंगै सामाजिक न्याय र वितरण प्रणाली तथा सबैलाई सामाजिक संरक्षण र सुरक्षा जस्ता राज्यका निर्देशक सिद्धान्तबाट नै बजेट निर्देशित हुने स्पष्ट पार्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ ६ गते ११ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);