गौतमबुद्ध विमानस्थल निर्माणमा उपमहानगरको अवरोध | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०८१, बिहीबार

गौतमबुद्ध विमानस्थल निर्माणमा उपमहानगरको अवरोध

Airport-gautam-buddha-bhairawa

काठमाडौं, ३१ वैशाख । बुटवल उपमहानगरपालिकाले विभिन्न बहाना गर्दै दुई महिनादेखि नदीजन्य पदार्थ नदिएपछि बहुचर्चित  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सरकारले उच्च प्राथमिकता दिएर बनाउन लागेको यो विमानस्थल अन्तिम चरणमा पुग्न लागेको छ । तर, यसैबेला कच्चा पदार्थ अभावले निर्माण रोकिन पुगेको हो । पछिल्लो समय चिनियाँ ठेकेदार कम्पनीलाई भुक्तानी नदिँदा निर्माण कार्य प्रभावित बनेको छ ।

उपमहानगरपालिकाले नदीजन्य पदार्थ दिन सम्झौता गरी राजस्व समेत बुझिसकेको छ । उपमहानगरपालिकाले चाइनिज कम्पनीलाई आपूर्ति गर्र्ने स्थानीय आपूर्तिकर्ता स्वासम कन्सट्रक्सन प्रालिलाई प्रतिघनमिटर ६ रुपैयाँका दरले १७ हजार सात सय २७ घनमिटर नदीजन्य उत्खनन गर्न दिने सम्झौता गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);