अपराध नियन्त्रणका लागि सहकार्य गरेर अघि बढने प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अपराध नियन्त्रणका लागि सहकार्य गरेर अघि बढने प्रतिवद्धता

prahari

काठमाडौं, २९ बैशाख । महानगरीय प्रहरी परिसर, काठमाडौं र महानगरीय अपराध महाशाखाले राजधानीमा हुने अपराध नियन्त्रणका लागि सहकार्य गरेर अघि बढने प्रतिवद्धता जनाएका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको प्रमुखको जिम्मेवारी पाउनु भएका प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदी र महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारी पाउनु भएका सहकूल थापाले काठमाडौंमा हुने सबै खालको अपराध नियन्त्रणका लागि सहकार्य गरेर अघि बढने प्रतिवद्धता जनाउनु भएको हो ।

दुवैले आईतबार संयुक्त पत्रकार सम्मेलन गरी काठमाडौंको टोलटोलमा हुने गुण्डागर्दी नियन्त्रणको कामलाई पहिलो प्राथमिकतामा राख्ने योजना पनि अघि सारेका छन । परिसरका प्रमुख सुवेदीले गुण्डागर्दी नियन्त्रण गर्ने कामलाई उच्च प्राथमिकता दिने बताउनुभयो ।

त्यसैगरी महानगरीय अपराध महाशाखाका प्रमुख थापाले साईबर अपराध, आर्थिक अपराध र समाजमा भईरहेका सबै खालको अपराध नियन्त्रणका लागि महानगरीय प्रहरी परिसर काठमाडौंसँग सहकार्य गरेर अघि बढने बताउनु भयो ।

परिसर प्रमुख सुवेदी र अपराध महाशाखा प्रमुख थापाले कार्यभार सम्हालेपछि पहिलो पटक संयुक्त पत्रकार सम्मेलन गरी काठमाडौंमा शान्ति सुरक्षा कायम हुने गरी सहकार्यका साथ काम गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);