धार्मिक पर्यटनलाई विकास गर्दै लैजानुपर्छ : झलनाथ खनाल | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

धार्मिक पर्यटनलाई विकास गर्दै लैजानुपर्छ : झलनाथ खनाल

jhalanath khanal

काठमाडौं, २८ बैशाख । पुर्व प्रधानमन्त्री झलनाथ खनालले धार्मिक पर्यटनलाई विकास गर्दै लैजानुपर्ने बताउनुभएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री खनालले मुलुकभित्रका धार्मिक तीर्थ स्थलहरुको विकास र प्रर्वद्धन गरि धार्मिक पर्यटनलाई विकास गर्दै लैजानुपर्ने बताउनुभएको हो ।

पशुपतिनाथ , मुक्तिनाथ, बराहक्षेत्र लगायत धार्मिक तीर्थस्थलको विकास र प्रवद्र्धन गर्न सक्ने हो भने धार्मिक पर्यटनको विकास बाट मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव छोड्न सकिने समेत बताउनुभयो ।

पुर्व प्रधानमन्त्री खनालले पशुपतिक्षेत्र विकासका लागि संस्थागत संरचना निर्माण गरिएको भएपनि पर्याप्त नभएको टिप्पणी गर्नुभयो । पशुपतिनाथमा गरिदै आएको दैनिक आरतिको परम्पराले पर्यटकलाई थप आकर्षण गरेको भन्दै उहाँले सो कार्यको प्रसंसा गर्नुभयो ।

कार्यक्रममा पशुपतिनाथ एवं वागमती गंगा आरतिको १२ बर्ष पुगेको अवसरमा प्रकाशन गरिएको स्मारिकाको विमोचन पनि गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);