सगरमाथा आरोहीलाई सुरक्षित रहन आग्रह, हिउँपहिरोको जोखिम | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८३, सोमबार

सगरमाथा आरोहीलाई सुरक्षित रहन आग्रह, हिउँपहिरोको जोखिम

sagarmatha

काठमाडौं, २६ बैशाख । विश्वको सर्वाेच्च शिखर सगरमाथा नजिक रहेको नुप्से हिमालबाट कुनै पनि समय हिउँपहिरो झर्न सक्ने भन्दै स्थानीय प्रत्यक्षदर्शीहरूले चिन्ता व्यक्त गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ ।

स्मरणीय छ, केही दिन भारतमा आएको ‘फानी’ को प्रभावका कारण विग्रेको मौसमले सगरमाथाको माथिल्लो शिविर क्याम्प टू र थ्रीमा एक सयभन्दा बढि आरोहीका लागि टाँगिएका त्रिपाल उडाएको थियो । ठिक्क पारिएको त्रिपाल उडाउँदा लाखौंको क्षति भएको छ । यसले गर्दा आरोहीहरुको हिमाल आरोहणको तालिका केहि फेरबदल हुनसक्ने देखिएको छ ।

हिमालयन उद्धार संघ नेपालका वेशक्याम्प इञ्चार्ज तथा हेलिकोप्टर रेस्क्यू स्पेसलिष्ट लाक्पानोर्बु शेर्पाले सगरमाथा आधार शिविरको पूर्वीदक्षिणमा रहेको उक्त नुप्से हिमालबाट कुनै पनि समय हिउँको ठूलो ढिस्को खस्दा भयानक हिउँपहिरो जान सक्ने सम्भावना बढेको बताए ।