नयाँशक्ति पार्टी र संघीय समाजवादी फोरमबीच आज पार्टी एकता हुने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

नयाँशक्ति पार्टी र संघीय समाजवादी फोरमबीच आज पार्टी एकता हुने

बाबुराम

काठमाडौं, २३ बैशाख । नयाँशक्ति पार्टी र संघीय समाजवादी फोरमबीच आज पार्टी एकता हुने, नयाँ पार्टीको नाम समाजवादी राख्ने तयारी ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकता गर्न लागिएको बताउनुभएको छ ।

आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा संयोजक भट्टराईले आज दुई पार्टीबीच हुने एकता समाजवादलाई गन्तव्य मानेर अघि बढने सहमतिका लागि गरिएको जानकारी दिनुभएको हो । उहाँले साम्यवाद सम्भव नभएको तर्क गर्दै त्यसको बलियो विकल्पका लागि आफूहरुले समाजवाद स्थापनाको नेतृत्वका लागि पहल गर्न दुई पार्टीबीच एकता गर्न लागिएको उल्लेख गर्नुभयो ।

संयोजक भट्टराईले कम्युनिष्ट पार्टीहरुको संगठन संचालन प्रणाली त्रुटीपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन जरुरी रहेको पनि बताउनु भयो । आज भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच एकीकरण भई बन्ने पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राख्ने सहमति भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);