हिमाल आरोहणमा कर्मचारी नेताको हालीमुहाली | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

हिमाल आरोहणमा कर्मचारी नेताको हालीमुहाली

himal-aarohan

काठमाडौं, २१ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृत तीर्थ चापागाईं र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य तथा नेपाल निजामती कर्मचारी युनियन (संघ) का नेता विश्वबन्धु रेग्मीले फेसबुक स्टाटसमा ‘गन्तव्य सगरमाथा’ लेख्दै सम्पर्क अधिकारी (लियोजन अफिसर) का रूपमा मंगलबारदेखि सगरमाथा आरोहणका लागि यात्रा सुरु गरे। उनीहरू सगरमाथाको चुचुरोमा पुग्नेमा भने सायदै विश्वास गर्न सकिन्छ। चुचुरोमा पुगेनन् भने पनि लियोजन अफिसरका रूपमा उनीहरूले सबै सेवासुविधा चाहिँ पाउनेछन्।

सम्पर्क अधिकृत भई हिमाल आरोहणमा जाँदा आरोहण दलबाट एकपटकमा तीन हजार अमेरिकी डलर (झन्डै साढे तीन लाख) भन्दा माथि सुविधा पाउने व्यवस्था छ। यसबाहेक दैनिक पाँच सय रुपैयाँ भत्ताको पनि व्यवस्था छ। ६ हजार पाँच सय मिटरभन्दा माथिका हिमाल आरोहरणमा जाने समूहमा एकजना सरकारी कर्मचारी सम्पर्क अधिकारीका रूपमा जानुपर्ने कानुनी व्यवस्था छ।

हिमाल आरोहणका क्रममा सम्पर्क अधिकारी बिरामी भए या लेक लाग्यो भने बीच बाटोबाटै फर्कन सक्ने व्यवस्था छ। यही व्यवस्थालाई दुरुपयोग गर्दै हिमाल आरोहरणमा जाने अधिकांश लियोजन अफिसर हिमाल आरोहणका क्रममा एक-दुई दिन मात्र बस्छन्, ‘बिरामी भएँ’ भन्दै बीच बाटोबाटै फर्कन्छन्। तर पनि उनीहरूको तोकिएको सुविधा कट्टा हुँदैन।

पर्यटन मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘एकातिर एक-दुई दिन हिमाल आरोहणको रोमाञ्चाक यात्राको अवसर पनि पाइने, अर्कोतिर तीनदेखि साढे तीन लाख रुपैयाँ पाउने भएपछि निजामती कर्मचारीहरूका लागि लियोजन अफिसर हुन हरेक वर्ष होडबाजी नै हुने गर्छ। यसको फाइदा कर्मचारी नेताहरूले लिने गर्छन्।’ २०६७ सालदेखि राष्ट्रिय स्तरका कर्मचारी संगठनको सिफारिसमा लियोजन अफिसर पठाउने व्यवस्था गरिएको छ। आधिकारिक टे«ड युनियनका पदाधिकारीहरूले पनि यसको फाइदा उठाउने गर्छन्।

पर्यटन विभागले हरेक वर्ष लियोजन अफिसरको नाम पठाउन सबै मन्त्रालयसँग सिफारिस माग्छ। एउटा मन्त्रालयबाट सामान्यतया दुईजनाको नाम सिफारिस हुने गर्छ। स्रोत भन्छ, ‘दुईमध्ये एकजनाको नाम छनोट पहुँच र सोर्सफोर्सबाट हुने गर्छ। यसका लागि कर्मचारी नेताले नेता सकेसम्म आफैं जाने, नभए आफूनिकट मान्छेको नाम सिफारिस गर्ने गर्छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);