महानगरलाई ९ करोड कर नतिर्ने अन्सारी मेयरका उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

महानगरलाई ९ करोड कर नतिर्ने अन्सारी मेयरका उम्मेदवार

 काठमाडौं, १९ भदौ । वीरगन्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । अन्सारी वीरगन्जस्थित नेशन मेडिकल कलेजका प्रवन्ध निर्देशक हुन् ।

 

बक्यौता कर असुलीका लागि ताकेता दिन गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट भित्र छिर्न नदिई फिर्ता पठाउँदै आएका अन्सारी मेयरको उम्मेदवार भएपछि आफूले कलेजको प्रवन्ध निर्देशक पद छाडिसकेको बताएका छन् ।

 

कलेज सञ्चालक बोर्डका सदस्य समेत रहेका अन्सारी मेयरको उम्मेदवार बनेर मैदानमा उत्रिएपछि उनले महानगरपालिकाले कर नतिरेको विषयलाई लिएर स्थानीयबासिन्दाले टिप्पणी गर्न थालेको नागरिक दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);