जापानी सम्राट अकिहितोद्धारा गद्दीत्याग, राजकुमार नारुहितो राजगद्दीमा | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

जापानी सम्राट अकिहितोद्धारा गद्दीत्याग, राजकुमार नारुहितो राजगद्दीमा

japani king

काठमाडौं, १८ बैशाख । जापानी सम्राट अकिहितोले गद्दीत्याग गरेपछि उहाँका छोरा राजकुमार नारुहितो राजगद्दीमा आशिन भएका छन् ।

उनका पिता अकिहितोले मंगलबार स्वच्छाले गद्दी त्याग गरेपछि उनका छोरा ५९ वर्षका नारुहितो राजगद्दीमा आशिन भएका हुन् । नारुहितोले आज औपचारिक रुपमा राजगद्दीको जिम्मेवारी स्वीकार गरेका हुन् । आज देखिनै जापानमा नयाँ युगको सुरुवात भएको छ । यो युगलाई रेइवा नाम दिइएको छ । नारुहितो जापानको १२६ औँ राजा बनेका छन् । ८५ वर्षका अकिहितोले आफ्नो बिग्रँदो स्वास्थ्य अवस्थाका कारण गद्दी त्याग गरेका हुन् । उनी जापानको इतिहासमा २०० वर्ष यता जीवितै रहँदा गद्दी त्याग गर्ने पहिलो राजा हुन् । जापानमा राजामा कुनै पनि राजनीतिक अधिकार छैन तर जापनिजहरु राजालाई राष्ट्रिय प्रतिकका रुपमा लिन्छन् ।

जापानी राजसंस्थाको दुई सय वर्षको इतिहासमा अकिहितो राजगद्दी त्यागको घोषणा गर्ने पहिलो राजा हुनुभएको छ । जापानी राजाले आफू बाँचुन्जेल गद्दी त्याग्न नपाइने परम्परा र कानुन छ । तर, पनि अकिहितोले आफू रोगी र वृद्ध हुँदै गएकाले राज्य चलाउन नसक्ने भएकाले जिम्मेवारीबाट मुक्त हुन चाहेको बताउनुभएको थियो । सन् २०१६ देखिनै उहाँले यस्तो इच्छा व्यक्त गरे पनि कानुनी कारणले गद्दी त्याग्न पाउनुभएको थिएन । अकिहितोले गद्दी त्यागका लागि गरेको आग्रहको जापानी संसद्ले कानुनी बन्देज फुकाइदिएपछि उहाँको राजगद्यी त्याग गर्ने बाटो खुलेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);