आठ जिल्लाको क्रसर उद्योगमा अख्तियारको चासो | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

आठ जिल्लाको क्रसर उद्योगमा अख्तियारको चासो

akhtiyar durupayog

काठमाडौं, १८ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानी काठमाडौं उपत्यकासहित आठ जिल्लाको क्रसर र बालुवा धुने ‘वाश’ उद्योगप्रति विशेष चासो लिँदै तत्काल अनुगमन गरी त्यसको रिपोर्ट दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । ती उद्योगीहरुले कानुनविपरीत काम गरेर करसमेत छली गरेको बारम्बार उजुरी परेपछि अख्तियारले मन्त्रालयलाई नै आफ्नो जनशक्ति खटाएर अनुसन्धान गरेर प्रतिवेदन दिन भनेको हो ।

क्रसर र बालुवा धुने उद्योगले मापदण्ड, नियम तथा विनियल उल्लंघन गरी दीर्घकालीन रुपमा प्राकृतिक विपत्ति ल्याउने प्रयास गरेको भन्दै अख्तियारले सामान्य प्रशासन मन्त्रालयलाई अनुगमनका लागि निर्देशन दिएको हो । यो समाचार आर्थिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);