नेकपा भूमाफियाको पार्टी हो, देउवा होस वा ओली–प्रचण्ड बालुवाटार बेच्नेलाई जेल हाल्नुपर्छ : धनराज गुरुङ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

नेकपा भूमाफियाको पार्टी हो, देउवा होस वा ओली–प्रचण्ड बालुवाटार बेच्नेलाई जेल हाल्नुपर्छ : धनराज गुरुङ (भिडियोसहित)

kharo prashna with dhanraj gurung

काठमाडौं, १७ बैशाख । नेपाली काँग्रेस जागरण अभियानको संघारमा रहेको छ । नेपाली काँग्रेस सडकमा पुगेर जनताको बीचमा पुगेर, कार्यकर्ताको घर आँगनमा पुगेर भन्ने के हो ? काँग्रेसले सदनमा प्रतिपक्षको भूमिका राम्रोसंग निर्बाह गर्न सकेन र सडकमार्फत जनताका मुद्दालाई उठाउन सकेन भनेर ठूलो आरोप लागिरहेको छ । यही बेलामा काँग्रेसले मिति तोकेर अब हामी जागरण अभियानमा जान्छौ भनेको छ । अहिले काँग्रेस माथि एक दुईवटा गम्भीर प्रश्नहरु उठिरहेका छन् । स्वयम काँग्रेसको अनुशासन समितिको बैठक बसेर नेतृत्वमाथि प्रश्न नउठाउने भन्ने कुरा निर्णय गरेको सार्बजनिक भएपछि अब प्रश्न को माथि उठाउने-नउठाउने भनेर लोकतान्त्रिक पार्टीले तोकेर दिने हो भनेर प्रश्न उठेको छ । काँग्रेसको प्रतिपक्षीय भूमिका माथि प्रश्न उठिरहेको बेला जागरण अभियानले के कुरा प्रमाणित गर्न खोजेको छ ? के कांग्रेस नेताको अब आलोचना नै गर्न नहुने हो ? जागरण अभियानमा कांग्रेसले के भन्नेछ ? बालुवाटार जग्गा प्रकरणमा कांग्रेस पनि दोषी हो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता धनराज गुरुङसंग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);