अनौपचारिक क्षेत्रमा धेरै रोजगारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

अनौपचारिक क्षेत्रमा धेरै रोजगारी

aupacharik rojgari

काठमाडौं, १५ बैशाख । सामाजिक सुरक्षा र श्रम कानुनको पहुँचभन्दा बाहिर रहेका अनौपचारिक क्षेत्रमा सबैभन्दा बढी नेपाली कार्यरत रहेको देखाएको छ । अनौपचारिक क्षेत्रमा सम्पूर्ण रोजगारयोग्य उमेरका ६२.२ प्रतिशतले रोजगारी पाइरहेको देखाएको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्भेक्षणअनुसार काम गर्नसक्ने जनसंख्या (१५ वर्षभन्दा माथि) को संख्या २ करोड ७ लाख रहेको छ । २०१७-१८ सर्भेक्षण अनुसार नेपालको कुल जनसंख्या २ करोड ९० लाखमध्ये रोजगारयोग्य जनसंख्याको ७१.५ प्रतिशत रहेको छ ।

१५ देखि २४ वर्ष उमेर समूहको काम गर्नसक्ने जनसंख्या २७.३ प्रतिशत छन् भने श्रम जनशक्ति संख्या भने २०.३ प्रतिशतमात्र रहेको छ । नेपालको कुल रोजगारीमध्ये ४९ प्रतिशत ३५ देखि ४४ वर्ष उमेर समूहको हिस्सा रहेको छ । प्रत्येक ५ नेपालीमध्ये १ जना कुनै न कुनै किसिमले रोजगारीमा रहेको देखाएको छ ।

यसमध्ये सबैभन्दा बढी कृषिजन्य क्षेत्रमा रोजगाररत रहेको देखिन्छ । यसैगरी नेपालीले दोस्रो धेरै रोजगारी पाएको औद्योगिक क्षेत्रमा रहेको छ । यसमा कुल रोजगारी पाएकामध्ये लगभग १७.५ प्रतिशत रहेको देखिन्छ ।

नेपालको विभिन्न रोजगार क्षेत्रमध्ये तेस्रो ठूलो संख्याले काम गरिरहेको निर्माण क्षेत्र रहेको छ । निर्माण क्षेत्रमा १३.८ प्रतिशत रोजगारयोग्य जनशक्तिले काम गरिरहेका छन् । यसैगरी, सेवा र व्यापार व्यवसायमा सम्पूर्ण रोजगारीमध्ये एक चौथाई अर्थात २३.८ प्रतिशतले रोजगारी पाइरहेको जनाएको छ ।

यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।

ताजा समाचार