सम्पत्ति शुद्धिकरण अनुसन्धान निराशाजनक, नेपाल कालोसूचीमा पर्ने जोखिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सम्पत्ति शुद्धिकरण अनुसन्धान निराशाजनक, नेपाल कालोसूचीमा पर्ने जोखिम

samsad money

काठमाडौं, १२ बैशाख । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फितलो कामकारबाहीका कारण नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को कालोसूचीमा पर्ने जोखिम बढेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

विभाग कानुनी हैसियत र अधिकारका हिसाबले अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा बलियो छ । तर, हैसियतअनुसार विभागले प्रभावकारी काम गर्न सकेको छैन । यसले आवश्यकता अनुसारको प्राशसनिक स्वरुप पनि पाएको छैन ।

‘विभागको अवस्था सुधार नगर्ने हो भने आगामी दिनमा नेपाल एफएटिएफको कालोसूचीमा पर्ने जोखिम छ,’ विभागका एक पूर्वमहानिर्देशकले भने ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);