पूरानो राजसंस्थालाई राष्ट्र प्रमुखको भूमिका दिनुपर्छ : पशुपतिशमशेर | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८२, बुधवार

पूरानो राजसंस्थालाई राष्ट्र प्रमुखको भूमिका दिनुपर्छ : पशुपतिशमशेर

काठमाडौं, ११ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले पूरानै राजसंस्थालाई राष्ट्र प्रमुखको भूमिका दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । अध्यक्ष राणाले कुनै राजनीतिक दलप्रति आवद्ध नरहेको पुरानै राजसंस्थालाई राष्ट्र प्रमुखको भूमिका दिन उपयुक्त हुने तर्क गरेका छन् ।

बुधबार राप्रपाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रप्रति प्रतिवद्ध भएको पुरानो राजसंस्थालाई राष्ट्र प्रमुखको भूमिका दिने एजेन्डामाथि सरकारले प्रतिबन्ध लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

अध्यक्ष राणाले आधुनिक नेपालको निर्माण पूरानै राजसंस्थाबाट भएकाले त्यसको विरोध गर्नेहरु प्रजातन्त्रवादी हुनै नसक्ने दावी समेत गरे ।