बैशाख १३ र १४ गते काठमाडौंमा ‘आन्तरिक पर्यटन मेला’ हुने | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

बैशाख १३ र १४ गते काठमाडौंमा ‘आन्तरिक पर्यटन मेला’ हुने

काठमाडौं, ११ बैशाख । काठमाडौंमा ‘आन्तरिक पर्यटन मेला’ आयोजना हुने भएको छ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही बैशाख १३ र १४ गते भृकुटीमण्डवमा सो मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ आन्तरिक पर्यटकहरुको प्रवर्द्धनका लागि सो मेला आयोजना गर्न लागिएको मेला आयोजक समितिका संयोजक माधवप्रकाश सुवेदीले जानकारी दिए । ‘पहिला देश अनि विदेश’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो मेलामा सबै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी १ सय ११ वटा व्यवसायिक तथा फुड स्टलहरु रहनेछन्।

मेलामा पर्यटन क्षेत्रका सेवा प्रदायक संस्थाहरु टे«किङ, ट्राभल्स, एयरलाईन्स, होमस्टे, टुरिज्मसँग सम्बन्धित कलेजलगायतका प्रर्दशनीहरु मुख्य आकर्षणको रुपमा रहनेछन् । २ दिनसम्म चल्ने मेलामा २ लाख बढिले अवलोकन गर्ने तथा पर्यटन प्रवर्द्धनको क्षेत्रमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);