भारतमा तेस्रो चरणको निर्वाचन सम्पन्न, मोदीले गरे गुजरातबाट मतदान | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

भारतमा तेस्रो चरणको निर्वाचन सम्पन्न, मोदीले गरे गुजरातबाट मतदान

narendra modi votes

एजेन्सी, १० बैशाख । भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत मंगलवार तेस्रो चरणको मतदान सम्पन्न भएको छ । मंगलवार १३ राज्य र दुई केन्द्रशासित प्रदेशका १ सय १७ लोकसभा सिटका लागि मतदान भएको हो ।

गुजरातका २६, केरलाका २०, कर्नाटकका १४, महाराष्ट्रका १४, गोवाका २, असमका ४, बिहारका ५, उडिसाका ६, उत्तर प्रदेशका १०, छत्तीसगढका ७, पश्चिम बंगालका ५, दमन–दीवको १, दादर नगर हवेलीको १ र जम्मू–कस्मिरको १ सिटका लागि मतदान सम्पन्न भएको हो ।

तेश्रो चरणको निर्वाचनमा १ सय १७ सिटका लागि १ हजार ६ सय १२ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । दुई प्रमुख पार्टी भारतीय जनता पार्टी (भाजपा) र कांग्रेसका अध्यक्षको चुनावी क्षेत्रमा पनि मंगलवारनै निर्वाचन भएको छ ।

कांग्रेस अध्यक्ष राहुल गान्धी यो चरणमा केरलको वायनाड संसदीय क्षेत्रबाट उम्मेदवार बनेका छन् भने, भाजपा अध्यक्ष अमित शाह गुजरातको गान्धीनगरबाट चुनावी मैदानमा उत्रिएका छन् ।

प्रधानमन्त्री मोदीको गृह राज्य गुजरातमा पनि मंगलवारै मतदान भएको छ । उनले गुजरातबाट मतदान गरेका छन् । तर मोदीको चुनावी क्षेत्र वाराणसीमा भने अर्काे चरणमा निर्वाचन हुनेछ । सात चरणमा हुने यसपटकको चुनावमा ९० करोड भन्दा बढी मतदाताले ५सय ४३ लोकसभा सिटका लागि मतदान गर्दै छन । सात चरणको निर्वाचन आगामी मे महिनाको १९ तारिखमा सम्पन्न हुनेछ भने त्यसपछि मात्रै मतगण्ना शुरु हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);