नेकपा एकता प्रकृया : तत्कालीन जिल्ला अध्यक्षलाई नै जिम्मेवारी | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नेकपा एकता प्रकृया : तत्कालीन जिल्ला अध्यक्षलाई नै जिम्मेवारी

nekapa baithak

काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटिका अध्यक्ष र सचिवको टुंगो लगाएको छ । तत्कालीन जिल्ला अध्यक्षलाई नै नेतृत्व दिने सहमति गरी अध्यक्ष र सचिवको टुंगो लगाइएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

जिल्ला कमिटीमा तत्कालीन अध्यक्ष रहेकालाई नेतृत्वमा ल्याउने विषयमा शीर्ष नेताहरुबीच आइतबार बिहान सहमति जुटेपछि एकता प्रक्रिया टुंग्याउन सचिवालय बैठक बसेको थियो । बैठकले शीर्ष तहमा सहमति जुटेअनु्सार नै जिल्ला नेतृत्वको भागबन्डा गर्दा पूर्व एमालेले ४४ र पूर्व माओवादीले ३३ जिल्लाको नेतृत्व पाउने निर्णय गरेको छ । यो समाचार नागरिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);