काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको स्वेच्छाचारीता बढ्दै गएको आरोप लगाएका छन् । प्रतिनिधिसभाका पुर्व सांसद एवं नेपाली कांग्रेस गुल्मीका पुर्व सभापति रुद्रमणि शर्मा भण्डारीको १० आैं पुण्यतिथिका सन्र्दभमा शनिबार काठमाडौंमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
नेपाली सेना तथा संबैधानिक निकायमाथि आफ्नो बर्चश्व कायम गर्दै लगेर ती निकायलाई कमजोर बनाउने काम सरकारबाट भईरहेको भन्दै उनले त्यसविरुद्ध एकढिक्का हुन कार्यकर्तालाई निर्देशन दिए । उनले सरकारका गतिविधि विरुद्धको प्रतिकार र प्रजातन्त्रको संरक्षण र सम्वद्र्धनका लागि पार्टी आन्तरिक रुपमा नै शसक्त र एकढिक्का हुनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस गुल्मी काठमाडौं मञ्चले श्रद्धाञ्जली सभा आयोजना गरेको हो । सभामा पूर्व सभामुख दमननाथ ढुंगाना सहित नेता कार्यकर्ताको उपस्थिति थियो ।