टुटललाई कर ३.५ करोड, पठाओमाथि छानबिन जारी | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

टुटललाई कर ३.५ करोड, पठाओमाथि छानबिन जारी

pathao-tootle

काठमाडौं, ५ बैशाख । ‘राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरी कर छलीको निष्कर्ष निकाल्दै कम्पनीमाथि कर निर्धारण गरेको हो । यो रकम जरिवाना र ब्याजसहितको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

‘तीन आर्थिक वर्षको मूल्य अभिवृद्धि कर (भ्याट), संस्थागत आयकर र राइडरलाई दिने रकमको अग्रिम करकट्टी शीर्षकमा कर निर्धारण गरिएको हो ।’, राजस्व स्रोतले भन्यो ।

टुटलपछि बंगलादेशी कम्पनी पठाओले पनि एक वर्षअघि नेपालमा यस्तै सेवा सुरु गरेको छ । पठाओले पनि कर छली गरेको आशंकामा कर दर्ता कार्यालयले छानबिन गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);