काठमाडौं, २ बैशाख । आइसीसी यू–१९ विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले मलेसियालाई आठ विकेटले हराएको छ ।
क्वालालम्पुरमा टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३/४ ओभरमा अल आउट हुँदै ९२ रन बनायो । मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि पवर्न शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिएका छन् । यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए ।
मलेसियाका इजित फिक्वीले सर्वाधिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रन जोडे । यसैगरी हकिम हसरनले १० रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९३ रनको लक्ष्य पक्ष्याएको नेपालले १३ ओभरमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।